हेटौंडामा दीपक सिंह अघि, मिना लामा र अन्नत पौडेल पछिपछि

बाइलाइन नेपाल
१ जेष्ठ २०७९, आईतवार १८:५९

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ सिद्धार्थ माविमा मतगणना जारी छ । हेटौँडा उपमहानगरपालिकामा मेयरमा त्रिपक्षीय रोचक प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म ८८३६ मत गणना हुँदा पहिलो पटक राप्रपाका दीपकबहादुर सिंह २६६६ मतसहित पहिलो स्थानमा उक्लन सफल भएका छन् ।

दोश्रा स्थानमा भने गठवन्धनकी मिना लामा २६३५ मतसहित रहेकी छिन् । नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेल भने २४१८ मत प्राप्त गरी तेश्रो स्थानमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*