मकवानपुरगढी १ र ८ मा कांग्रेस विजयीः अध्यक्ष,उपाध्यक्षमा गठवन्धनको अग्रता कायमै

बाइलाइन नेपाल
१ जेष्ठ २०७९, आईतवार १७:१४

हेटौंडा  । मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ मा पुनः कांग्रेसका आइत सिं लो निर्वाचित भएका छन् । एक हजार ४५९ मत खसेको वडामा लोले ७९३ मत प्राप्त गरी प्यानलनै विजयी भएका छन् । शनिबारबाट गणना सुरुभएको उत्त वडामा आइतबार विहान अन्तिम मत परिणाम सार्वजानिक गरेको थियो ।

उक्त वडामा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवारले गोपाल लुङवाले ४११, नेकपा माओवादी केन्द्रका विजय थिङले १६५ मत प्राप्त गरेका थिए ।

त्यस्तै वडा नम्बर १ बाट गाउँपालिकाको अध्यक्ष पदको गठबन्धनका नेपाली कांग्रेस तर्फका उम्मेदवार दोर्जे लामा स्याङतानलाई ८१२ मत प्राप्त भएको थियो भने एमालेका उम्मेदवार विदुर हुमागाईलाई ४०६ मत प्राप्त गरेको छन् ।
त्यस्तै उपाध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार मानकुमारी पाख्रीनले ६३४ र एमालेका उम्मेदवार सन्तु थिङले ४२५ मत प्राप्त गरेका छन् ।

यसैगरी वडा नम्बर ८ मा नेपाली कांग्रेसका कुमार घिसिङ पुनः विजयी भएका छन् । उनले ४४८ मत प्राप्त गर्दै प्यानलनै विजयी भएका छन् । एक हजार ८१ मत खसेकोमा वडामा एमालेका उम्मेदवार विनोद पुडासैनीले ३५०, माओवादी केन्द्रका उम्मेदवार गुन्जरत्न लुम्बाले २२१ मत प्राप्त गरेका छन् ।

८ नम्बर वडाबाट गाउँपालिकाका अध्यक्ष उम्मेदवार दोर्जे लामा स्याङतानलाई ६२०, विदुर हुमागाईलाई ३७४ प्राप्त गरेका छन् । उपाध्यक्ष पदमा भने मानकुमारी पाख्रीनलाई ५८४ र सन्तु थिङलाई ३६८ मत खसेको छ । २०७४ को स्थानीय चुनावपनि यी दुई वडामा नेपाली कांग्रेसले प्यानलनै विजयी गरेका थिए ।

अहिले वडा नम्बर २ र ७ को मतगणना जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*