हेटौंडामा काँग्रेसले खाता खोल्यो,एक नम्बरमा सविन न्यौपाने विजयी

बाइलाइन नेपाल
१ जेष्ठ २०७९, आईतवार १६:५८

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को अध्यक्षमा सविन न्यौपाने विजयी भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार उत्तम पौडेललाई १३१ मतान्तरले पराजित गरेका हुन् । हेटौंडाका १९ वटाहरु मध्यमा हिजो सुरुमै १ नम्बर वडाबाट निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु गरेको थियो ।

यस अघि पनि हेटौंडा १ मा नेपाली कांग्रेसका तर्फबाट न्यौपानेनै विजयी भएका थिए । विजयी भएसंगै दोस्रो कार्यकालका लागि न्यौपाने निर्वाचित भएका हुन् ।

हेटौंडामा वडा नम्बर १ मा ३२९३ मत खसेकोमा न्यौपानेले १४४२ मत ल्याएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका  पौडेलले १३११ मत ल्याएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*