हेटौंडामा मेयरको भिडन्तमा उत्रिए दीपक सिंह

बाइलाइन नेपाल
१२ बैशाख २०७९, सोमबार १९:११

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दीपक सिंहले उम्मेदवारी पनि दर्ता गराएका छन् ।

कमल थापासँग निकट रहेपनि थापाले पार्टी छाडेपछि गुमनाम रहेका सिंहले राप्रपाबाटै मेयरमा उम्मेदवारी दर्ता गराएपछि राप्रपा नेपालका कार्यकर्तामा हलचल पैदा भएको छ ।

उनले हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी मनोनयन गराएका हुन् । त्यस्तै राप्रपाबाट उपमेयर पदमा इन्दिरा न्यौपाने डल्लाकोटीले उम्मेदवारी दर्ता गराएकी छिन् ।

मेयरको भिडन्तमा सिंहको प्रवेश भएपछि हेटौंडा उपमहानगरपालिकाको निर्वाचन थप रौनकता थपिएको छ । भरतपुरमा एमाले र राप्रपाबीच सहकार्य भएपनि मकवानपुरमा हुन सकेको छैन् । तर फिर्ता लिने समय भएकाले एमाले उम्मेदवारलाई समर्थन गर्दै सिंहले फिर्ता लिने सक्ने पनि जनाइएको छ ।

गएको निर्वाचनमा राप्रपाबाट मधुकर अधिकारी मेयरको उम्मेदवार थिए भने इन्दिरा न्यौपाने डल्लाकोटी उपमेयरको उम्मेदवार थिइन् । गतनिर्वाचनमा राप्रपाले हेटौंडामा करिब ६ हजार मत ल्याएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*