हेटौंडाको मेयरमा एमालेबाट पौडेल र उपमेयरमा काफ्लेले दिए उम्मेदवारी

बाइलाइन नेपाल
१२ बैशाख २०७९, सोमबार १४:३५

हेटौंडा। नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले हेटौंडाको मेयर अन्नत पौडेल र उपमेयर सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेको तर्फबाट मेयरमा उम्मेद्वारी दिएका पौडेलको प्रस्तावकमा बर्तमान मेयर हरिबहादुर महत तथा समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल रहेका छन् । उपमेयर काफ्लेको प्रस्तावकमा एमाले नेतृ आरती पाठक तथा समर्थकमा सिता विष्ट रहेका छन् ।

उम्मेदवारी दर्ता गराउन एमालेका उम्मेदवार,नेता तथा कार्यकर्ता र्यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । एमालले हेटौंडाका सबै वडा र जिल्लाका अन्य तहमा पनि उम्मेदवारी दर्ताको क्रममा रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*