माओवादीबाट थाहामा आदर्श, बागमतीमा सर्केश र भीमफेदीमा स्याङ्तान प्रमुखको उम्मेदवार

बाइलाइन नेपाल
१२ बैशाख २०७९, सोमबार १३:५२

हेटौंडा । सत्ता घटक मध्येको नेकपा माओवादी केन्द्र मकवानपुरले आफ्नो भागमा परेको स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । माओवादीले पाएको ३ वटा स्थानीय तहमा प्रमुख र ५ वटा स्थानीय तहमा उपप्रमुखमा उम्मेदवारको टुंगो लगाएको हो ।

माओवादीले पाएको मध्ये थाहा नगरको प्रमुखमा विष्णु विष्ट (आदर्श), बागमती गाउँपालिकाको अध्यक्षमा सर्केश घलान (मधु) र भीमफेदी गाउँपालिकाको अध्यक्षमा बद्रीबहादुर स्याङ्तानलाई उम्मेदवार बनाएको छ । सर्केश यसअघि पनि बागमती गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

यसैगरी माओवादीले मकवानपुरगढीको उपाध्यक्षमा मानकुमारी नेपाली (आशा), मनहरीमा सीता पुलामी घलान, राक्सिराङमा वनस्तम थिङ, कैलाशमा राजकुमार मल्ल र बकैयामा भक्तबहादुर खत्रीलाई उम्मेदवार बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*