काँग्रेसबाट हेटौंडाको उपप्रमुखमा बानियाँ, थाहामा गोपाली

बाइलाइन नेपाल
१२ बैशाख २०७९, सोमबार ११:५४

हेटौंडा । नेपाली काँग्रेसले मकवानपुरको सबै स्थानीय तहमा आफ्नोतर्फका उम्मेदवारको टुंगो लगाएको छ । मनोनयनको अन्तिम दिन काँग्रेसले जिल्लाबाट टुंगो लगाउन नसकेको हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपप्रमुखमा उम्मेदवारीको छनोट गरेसँगै मकवानपुरमा सबै स्थानीय तहको प्रमुख र उप्रमुख टुङ्ग्याएको हो ।

काँग्रेसले हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा राजेश बानियाँ र थाहा नगरपालिकाको उपमेयरमा भरत गोपालीलाई टिकट दिएको छ । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय समितिले लामो समयको छलफलपश्चात् हेटौंडा र थाहा नगरको उपमेयर उम्मेदवारको टुङ्गो लगाएको नेपाली कांग्रेस वाग्मती प्रदेश पार्टी कार्यालयका मुख्य सचिव राजु नेपालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*