थाहा नगरमा गठबन्धनको मेयरमा आदर्श

बाइलाइन नेपाल
१२ बैशाख २०७९, सोमबार ०८:१८

हेटौंडा । सत्ता गठबन्धनको सहमतिमा माओवादी केन्द्रको भागमा परेको मकवानपुरको एकमात्र नगरपालिका थाहा नगरपालिकाको मेयरमा विष्णु विष्ट (आर्दश) उठ्ने भएका छन् ।

आफ्नो भागमा परेको थाहा नगरको मेयरमा एमाओवादी केन्द्रले आर्दशलाई उठाउने जनाएको छ । आर्दश माओवादी केन्द्र थाहा नगर इन्चार्ज तथा बागमती प्रदेश कमिटी सदस्य हुन् । उनि मकवानपुरमा रहेका माओवादी नेताहरु मध्ये योगदानको आधारमा अवसरबाट बञ्चित भएका नेता हुन् ।

थाहा नगरमा यसअघि पनि एमाओवादी केन्द्रले नै जितेको थियो । काँग्रेससँगको गठवन्धनमा अघिल्लो निर्वाचनमा एमाओवादीका नेता लवशेर विष्टले विजय हासिल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*