एमालेबाट भीमफेदीमा हिदम,मनहरीमा एकराजद्वारा अध्यक्षमा उम्मेदवारी

बाइलाइन नेपाल
१२ बैशाख २०७९, सोमबार ०८:००

हेटौंडा। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले भीमफेदी र मनहरी गाउँपालिकामा उम्मेदवारी दर्ता गराएको छ । दुवै पालिकाको अध्यक्ष पदका लागि एमालले पुरानै अनुहारलाई दोहो¥याएको छ ।

एमालेबाट भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती राना तथा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष सुजिता थिङले उम्मेदवारी दिएका छन् ।

भीमफेदीमा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हिदम र उपाध्यक्षकी उम्मेदवार राना यसअघि पनि पालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए । यस्तै मनहरी गाउँपालिकाको अध्यक्ष उम्मेदवारी दर्ता गराएका एकराज पनि यसअघि पनि अध्यक्षमा विजयी भएका पात्र हुन् ।

जिल्लाको बाँकी ८ वटा पालिकामा आज उम्मेदवारी दर्ता गरिने नेकपा एमालेले जनाएको छ । एमालेले हेटौंडा उपमहानगरपालिका मेयरमा संविधानसभा सदस्य अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई उम्मेदवारको रुपमा अगाडि बढाएको छ । थाहा नगरपालिकाको मेयरमा अच्युतम ढकाल र उपमेयरमा कल्पना बलामीलाई अगाडि बढाउने भएको छ ।

वाग्मती गाउँपालिका अध्यक्षमा खेमराज जर्गामगर र उपाध्यक्षमा धनमाया स्याङ्तान, बकैया गाउँपालिका अध्यक्षमा सरला बोलखे र उपाध्यक्ष लालबहादु स्याङ्तान, मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमगाईं र उपाध्यक्ष सन्तु थिङले उम्मेदवारी दिने भएका छन् । इन्द्रसरोबर गाउापालिका अध्यक्ष देबकृष्ण पुडासैनी र उपाध्यक्ष उमा लामालाई उम्मेदवार तोकिएको छ । कैलाश गाउँपालिका अध्यक्ष नरेन्द्रलाल रिजाल र उपाध्यक्ष सुकुमाया थिङ, राक्सिराङ गाउँपालिका अध्यक्ष बाबुलाल स्याङतान र उपाध्यक्ष सुन्तलीमाया प्रजा उम्मेदवार रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*