हेटौंडा र थाहा नगरको उपप्रमुख छान्न सकेन काँग्रेस मकवानपुरले

बाइलाइन नेपाल
१२ बैशाख २०७९, सोमबार ०७:२९

हेटौंडा । नेपाली काँग्रेस संसदीय समिति मकवानपुरले सत्ता गठवन्धनको सहमति अनुसार भागमा परेको ५ वटा गाउँपालिका प्रमुख र ५ वटा उपप्रमुख मध्ये हेटौंडा उपमहानगरपालिकार थाहा नगरपालिकाको उपप्रमुखको उम्मेदवार अझै टुङ्ग्याउन सकेको छैन् ।

काँग्रेस मकवानपुरले भागमा परेको मकवानपुरगढी, कैलाश, राक्सिराङ, मनहरी र बकैयामा अध्यक्ष र बागमती, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकामा उपाध्यक्ष पदको उम्मेदवारको टुंगो लगाएपनि हेटौंडा र थाहाको भने सकेको छैन् ।

हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपमेयरको टुङ्गो भने केन्द्रीय बैठकले टुङ्गो लगाउने जनाइएकोछ । हेटौंडा उपमहानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिएपछि काँग्रेस मकवानपुरमा ठूलो विवाद रहेको छ । काँग्रेसकै जिम्मेवार नेताको डिजाइनमा हेटौंडा एकिकृत समाजवादीलाई दिएको भन्दै विवाद भइरहेको छ ।

गठबन्धनको निर्णय अनुसार काँग्रेसले मकवानपुरमा रहेका १० वटा पालिकामध्ये पाँच पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख पाउने सहमति भएको थियो ।

काँग्रेसले बकैया गाउँपालिकको अध्यक्षमा धर्मराज लामिछाने, मकवानपुर गढी गाउँपालिकाको अध्यक्षमा दोर्जे लामा स्याङतान, कैलाश गाउँपालिकाको अध्यक्षमा लोकबहादुर मुक्तान, राक्सिराङ गाउँपालिकाको अध्यक्षमा राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्षमा रञ्जन कालाखेतीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

त्यसैगरी बागमती गाउँपालिका उपाध्यक्षमा फणिन्द्र तिमल्सिना, भीमफेदी गाउँपालिका उपाध्यक्षमा मोमलाल दोङ र ईन्द्रशरोबर गाउँपालिका उपाध्यक्षमा निर्मला रुम्बालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*