आज हेटौंडा उपमहानगरको मेयरका लागि ७ जनाको उम्मेदवारी दर्ता

बाइलाइन नेपाल
११ बैशाख २०७९, आईतवार १७:३४

हेटौंडा। बैशाख ३० गते हुने स्थानीय निर्वाचन अन्तर्गत आज हेटौंडा उपमानगरपालिकाको मेयर पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आज राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट २ जनाले गरी ७ जनाले हेटौंडा उपमहानगरपालिकाको मेयर पदको लागि उम्मेदवारी दर्ता गराएको स्थानीय तह सदस्य निर्वाचन–२०७९ मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।

आज नगर प्रमुखमा उम्मेदवारी दर्ता गर्नेमा नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह,उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टराई, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रोमनाथ भुर्तेल, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम र मौलिक जरोकिलो पार्टीबाट सृजना बर्तौला रहेको शर्माले बताए।

त्यसैगरी हेटौंडाको मेयर पदका लागि स्वतन्त्रबाट देवराज पौडेल र लिलाकुमारी आचार्यले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै आज हेटौंडाको उपमेयर पदका लागि २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरका लागि मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरी र नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मख कुमारी तिमल्सिना नाम दर्ता गराएका हुन।

त्यसैगरी वडाध्यक्षमा हेटौंडा–१ बाट एकजना स्वतन्त्र उम्मेदवार एकजना, हेटौंडा–२ को वडाध्यक्षमा नेमकिपाका एक जना,वड नम्बर ५ मा नेमकिपाका एकजना वडाध्यक्ष,हेटौंडा–८ का वडाध्यक्षमा सचेत नेपाली पार्टीका एकजना,हेटौंडा–१७ मा नेपाल विवेकशील पार्टीका वडाध्यक्ष र सदस्य सहित ५ जना,वडा नम्बर १८ मा वडाध्यक्षका लागि एकजना र हेटौंडा–१९ मा वडाध्यक्षका लागि २ जनाले मनोनयन दर्ता गरेको सहायक निर्वाचन अधिकृत  शर्माले बताए।

निर्वाचन आयोगले बैशाख ११ गते १२ गते दुई दिन मनोनयन दर्ता गर्ने कार्यतालिका प्रकाशन गरेको छ। नेकपा एमाले, कांग्रेस, नेकपा एस, माओवादी केन्द्र र जसपा नेतृत्व गठबन्धन दलका उम्मेदवारले पनि भोलि सोमबार मनोनयन दर्ता गर्ने बुझिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*