गठबन्धनले मकवानपुरमा टुंगो लगायो भागबण्डा

काँग्रेसलाई ५, माओवादीलाई ३ र एसलाई दुई पालिका
बाइलाइन नेपाल
११ बैशाख २०७९, आईतवार १६:५७

हेटौंडा । लामो रस्साकस्सी पछि सत्ता गठवन्धनले मकवानपुरका स्थानीय तहको भागवण्डा टुंगो लगाएको छ । जिल्ला तहको नेतृत्वमा सहमति नजुटेपछि मकवानपुरका पालिका भागबण्डाको कुरा पार्टीको प्रदेश कमिटीमा पुगेको थियो ।

आज जुटेको सहमति अनुसार मकवानपुरका १० पालिका मध्ये ५ वटा नेपाली काँग्रेसले प्रमुख, माओवादी केन्द्रले ३ वटा पालिकाको प्रमुख र एकीकृत समाजवादीले २ वटा पालिकाको प्रमुख लिने जनाइएको छ ।

जस अनुसार काँग्रेसले मकवानपुरगढी, मनहरी, राक्सिराङ, कैलाश र वकैयामा प्रमुख पद लिने सहमति भएको छ । यस्तै काँग्रेसले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी, वागमती र इन्द्रसरोवरमा उपप्रमुख पद लिने भएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले थाहा नगरपालिका, भीमफेदी र वागमतीमा प्रमुख पद लिने भएको छ । माओवादीले मकवानपुरगढी, मनहरी, राक्सिराङ, कैलाश र वकैयामा उपप्रमुख पाउने सहमति भएको छ ।

यसैगरी एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा प्रमुख पद पाउने सहमति भएको छ ।

सहमतिपत्रमा नेपाली काँग्रेसका वागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, माओवादी केन्द्रका वागमती प्रदेश अध्यक्ष सरल सहयात्रीको हसताक्षर रहेको छ । यसमा एकीकृत समाजवादीको समर्थन रहेको उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*