हेटौंडामा एमालेबाट पौडेल मेयर, काफ्ले उपमेयर

बाइलाइन नेपाल
११ बैशाख २०७९, आईतवार ०७:०६

हेटौंडा । नेपाल एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयर तथा उपमेयर पदमा उम्मेदवार टुंगो लगाएको छ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले मेयरमा नेकपा एमाले केन्द्रीय निर्वाचन विभाग सदस्य अनन्तप्रसाद पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकले उपमेयरमा नेकपा एमाले मकवानपुरकी सचिवालय सदस्य सुमित्रा काफ्लेलाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ ।

नेकपा एमालेका पूर्व नारायणी अञ्चल सचिव, पूर्व वागमती प्रदेश कमिटिका संगठन विभाग प्रमुख रहेका पौडेल पुराना तथा अनुभवी नेता हुन् । पौडेल दोश्रो संविभानसभामा मकवानपुरबाट विजयी भएका थिए ।

एमालेबाट उपमेयरको उम्मेदवार भएकी काफ्ले अनेमसंघको राजनीतिबाट एमालेको मूल राजनीतिमा स्थापित भएकी महिला नेतृ हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*