बागमती प्रदेश सरकारविरुद्ध अख्तियारमा उजुरी

बाइलाइन नेपाल
२९ चैत्र २०७८, मंगलवार ०७:०५

बागमती प्रदेश सरकार बिरुद्ध अख्तीयार दुरुपयोग अनुसन्धान आयोग हेटौँडामा उजुरी परेको छ । बागमती प्रदेश सरकारले स्थानीय तहलाई छलेर उपभोक्ता समिती मार्फत ५ लाखका टुक्रे योजना वितरण गरेको भन्दै उजुरी परेको हो । साना टुक्रे योजना मार्फत कार्यकर्तालाई पोसीएको आरोप लगाइएको छ ।

बागमती प्रदेशको मन्त्रीपरिषदको २०७८ फागुन ६ गतेको निर्णयले विनीयोजन बिधेयक विपरित गरेर २२ सय ९९ वटा योजनामा बजेट रकमान्तर गरेको थियो । संबिधानको धारा २३२ विपरित स्थानीय तहलाई छलेर उपभोक्ता समिती मार्फत विकास निर्माणको काम अघि बढाउने सरकारको निर्णय संबिधान र कानून विपरित भएको भन्दै सरकार विरुद्ध उजुरी परेको अख्तीयार दरुपयोग अनुसन्धान आयोग हेटौँडाले जनाएको छ ।

प्राबीधिक लागत स्टमेट विना सम्भाव्यता नै अध्ययन नगरी स्थानीय तहले गर्दै आएको काममा दोहोरो हुने गरी प्रदेश सरकारले बजेट वितरण गरेको निबेदनमा उल्लेख भएको आयोगका सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले बताउनुभयो । निबेदन उपर अख्तीयारले छानबीन गर्ने सूचना अधिकारी सापकोटाले बताउनुभयो ।

प्रदेश सरकारले निर्वाचनका बेला कार्यकर्तासंगको मिलेमतोमा रकम दुरुपयोग गर्ने मनसायले मनोमानी योजना छनोट गरी बजेट वितरण गरेको भन्दै प्रतिपक्ष दल एमालेले सरकारको बिरोध गर्दै आएको छ । उपभोक्ता समिति गठन गर्दा वडा तहको निर्वाचित जनप्रतिनिधिको सहभागिता पनि नचाहिने र योजना सम्झौताको लागि वडा वा पालिकाको सिफारिस पनि आवश्यक नहुने गरि टुक्रे योजना कार्यन्वयनका लागि वागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले माताहातको मन्त्रालयलाई परिपत्र गरेको हुँदा मिलेमतोमा अनियमितता गर्न खोजेको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*