मकवानपुरमा निर्वाचन एकीकृत सुरक्षा लागू

बाइलाइन नेपाल
२९ चैत्र २०७८, मंगलवार ०७:०३

वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको एकीकृत सुरक्षा रणनीति तयार भएको छ । सोही अनुसार प्रमुख जिल्ला अधिकारी भतरमणि पाण्डेको नेतृत्वमा धमाधम मतदान स्थलको निरीक्षण समेत सुरु गरिएको छ ।

जिल्लाभित्र १० वटा स्थानीय तहमा १ सय ६५ वटा मतदानस्थल र ३ सय ५६ वटा मतदान केन्द्रहरू कायम गरिएको छ । सुरक्षाका दृष्टिकोणले १ सय ६५ वटा मतदानस्थलमध्ये १९ वटा अतिसंवेदनशील, ६० वटा संवेदनशील र बाँकी ८६ वटा सामान्य रहेको प्रजिअ पाण्डेले जानकारी दिए ।

उनका अनुसार जिल्लाभित्र स्थानीय तहको निर्वाचन भयरहित शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नका गृह मन्त्रालयबाट प्राप्त स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ का अनुसार कार्य भइरहेको छ ।
‘मकवानपुर जिल्लाको स्थानीय तह निर्वाचन विशेष सुरक्षा योजना जिल्ला सुरक्षा समितिबाट पारित गरी कार्यान्वयनमा ल्याइएका छौं । विशेष सुरक्षा योजनाका आधारमा जिल्लाभित्रका करिब ४० प्रतिशत भन्दा बढी मतदानस्थल तथा मतदान केन्द्रहरूको निरीक्षण गरिसकेका छौं ।’, प्रजिअ पाण्डेले बाँकी मतदानस्थल तथा मतदान केन्द्रहरूको निरीक्षण क्रमशः गरिने बताए ।

स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरू मिति २०७८ साल चैत्र मसान्तसम्म नजिकको प्रहरी इकाइमा बुझाउन हतियार धनीहरूका निर्देशन समेत दिइसकिएको छ ।

जिल्लाका लागि १ हजार ४ सय ७३ जना म्यादी प्रहरी छनौट गरिसकिएको छ । उनका अनुसार हाल स्थानीय तहको निर्वाचनका समयमा जिल्लाभित्रका विभिन्न मतदानस्थल÷मतदान केन्द्रहरूमा खटिने कर्मचारीहरूको विवरण तयार पार्ने काम हाल भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*