३५ केजी गाँजासहित ५ जना प्रहरीको फन्दामा

बाइलाइन नेपाल
२८ चैत्र २०७८, सोमबार ०८:२५

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषध गाँजासहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

अवैध लागूऔषध ढुवानी भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले ३५ केजी लागूऔषध गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.८ ख ८१०६ नम्बरको यात्रुवाहक बसलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–६ बाट रोकी सुरक्षाजाँच गर्दा चितवन जिल्लाको राप्ती नगरपालिका–१ का १९ बर्षीय सरोज तामाङ, राप्ती नगरपालिका–११ का २५ बर्षीय सूर्य बहादुर स्याङ्बो, २८ बर्षीय होमनाथ मुक्तान, २५ बर्षीय यमराज मुक्तान र ३४ बर्षीय एबी लाल तामाङलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*