प्रदेश राजधानी हेटौंडामा भव्य रुपमा मनाईयो सहकारी दिवस

बाइलाइन नेपाल
२० चैत्र २०७८, आईतवार २०:३७

हेटौंडा । ६५ औं राष्ट्रिय सहकारी दिवस “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने नारा सहित हेटौंडामा मनाइएको छ ।

६५ औं राष्ट्रिय सहकारी दिवस, मुल समारोह समिति बागमती प्रदेशको आयोजनामा सहकारी दिवस मनाईएको हो ।
सहकारी दिवसको अवसरमा आईतबार होटौंडाको भुटनदेबी माबिको चौरबाट ¥याली सुरुगरी रोयल पार्टी प्यालेसमा गई सम्मान, पुरस्कार वितरण तथा समापन कार्यक्रममा परिणत भएको थियो ।

६५ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको सभाअध्यक्षता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिब बलराम निरौला, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख भरतमणि पाण्डेको विशिष्ट आतिथ्यता रहेको थियो ।

त्यस्तै सहकारी महासंघका पूर्व सञ्चालक बद्रीप्रसाद लम्साल, बागमती प्रदेश सहकारी विकास बोर्डको सदस्य शान्ति अधिकारी, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेब अधिकारी, मकवानपुर जिल्ला बहुउद्देश्यी सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

सहकारी दिवसकै अवसरमा बिभिन्न सहकारी संस्था र सहकारीकर्मीलाई सम्मान गरिएको थियो । ३० बर्षदेखि सहकारी अभियानमा सक्रिय मकवानपुरका बद्रीप्रसाद लम्साललाई सम्मान गरेको छ ।

त्यस्तै प्रदेशस्तरीय सहकारी दिवस मूल समारोह समितिले दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बाजा तथा भजन सहित सहभागिता जनाउने नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हेटौंडा, युवा वचत तथा ऋण सहकारी संस्था हेटौंडा–२ र साना किसान कृषि सहकारी संस्था, मनहरी ८ लाई सम्मान गरिएको थियो ।

नेपालमा सहकारीको सुरुवात गर्ने बखान वहुद्देश्यीय सहकारी संस्था भरतपुर–१९, चितवनलाई सहकारी अभियानको ऐतिहासिक सम्मान गरएको थियो ।

सहकारी दिवसको अवसरमा गरिएको प्रभातफेरी कार्यक्रममा उत्कृष्ट सहभागिता जनाउने हेटौंडा–११ स्थित बागेश्वरी महिला बचत सहकारी संस्था लिमिटेडलाई प्रथम, हेटौंडा–१३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वितीय, हेटौंडा–१२ स्थित महिला सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई तृतीय घोषणा गरी नगद सहित सम्मन गरिएको थियो ।

त्यस्तै सहकारी दिवसकै अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्नका लागि २० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
कार्यक्रममा मन्त्री बलराम पौडेलले सहकारी क्षेत्रलाई प्राथमिकता दिएर बागमती प्रदेश सरकारले मन्त्रालय नै स्थापना गरेको बताउनुभयो । आगामी आर्थिक वर्षमा सहकारीका व्यवस्थापकहरुलाई प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने समेत मन्त्री पौडेलले बताए ।

सहकारी दिवसको अवसरमा आयोजित सभा परिसरमा मकवानपुर जिल्ला कृषि सहकारी संघको समन्वयमा मकवानपुरका किसानले उत्पादन गरेको फलफूल, तरकारी तथा गेडागुडीजन्य उत्पादनको प्रदर्शनी तथा बिक्रीका लागि स्टल समेत राखिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*