जनसाहित्यिक संघ वागमती प्रदेशको अध्यक्षमा मसान उपासक

बाइलाइन नेपाल
१४ चैत्र २०७८, सोमबार १२:१२

हेटौंडा । जनसाहित्यिक मञ्च नेपाल वागमती प्रदेशको अध्यक्षमा मकवानपुरका मसान उपासक चयन भएका छन् । काठमाडौंमा शनिबार भएको प्रथम ऐतिहासिक अधिवेशनबाट जनसाहित्यिक मञ्च नेपालका सचिवालय सदस्य उपासकलाई वागमतीको अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा भक्तपुरका गणेश घिमिरे मार्मिक, सचिवमा काठमाडौंका प्रशान्त डङ्गाल, सहसचिवमा चितवनका बिपिन घिमिरे र कोषाध्यक्षमा ईन्दु अङ्सुसहित ३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

नेकपाको दुई साहित्यिक संस्थाको एकताको समयमा पनि संयोजक रहेका मसान यसअघि जनसाहित्यिक संघ नेपालको केन्द्रीय सचिवालय सदस्य एवम् वागमती प्रदेश संयोजक रहि क्रियाशिल थिए । उनी मकवानपुरमा रहेर लामो समयदेखि साहित्य तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् ।

वागमती प्रदेशको ऐतिहासिक प्रथम सम्मेलनबाट राष्ट्रिय जनसाँस्कृतिक महासंघ वागमती प्रदेश कमिटीको अध्यक्षमा होमराज श्रेष्ठ, उपाध्यक्षमा होमराज सुवेदी र सहसचिवमा तीर्थ विरक्त पाख्रिनसहित ३७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, एमाले केन्द्रीय सदस्य एवम् राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष खगेन्द्र राई , महासचिव प्रेमनाथ अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*