अखिल क्रान्तिकारीले गर्यो त्रिभुवन माविमा सरसफाई

बाइलाइन नेपाल
११ चैत्र २०७८, शुक्रबार २१:०१

हेटौंडा । हेटौंडा–११ मा रहेको त्रिभुवन माविमा आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सरसफाई गरेको छ । त्रिभुवन माविमा रहेको अनेरास्ववियु क्रान्तिकारीको इकाई कमिटीको आयोजनामा विद्यालय परिसरमा सरसफाई गरिएको हो ।

ईकाई कमिटीमा आवद्ध विद्यार्थीहरुसहित कार्यक्रममा सहभागी प्रमुख अतिथि, अतिथिले विद्यालय परिसरमा रहेका फोहोर संकलन, झारहरु उखल्ने काम गरेका थिए । इकाई कमिटीका अध्यक्ष नवीन तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियु क्रान्तिकारी हेटौंडा उपमहानगरपालिका कमिटीका सचिव ई. शक्तिप्रसाद न्यौपाने रहेका थिए ।

सरसफाई कार्यक्रममा विद्यालयका पिटी अध्यक्ष रामकृष्ण बस्नेत, उपमहानगर कमिटीका सहसचिव सदीम श्रेष्ठ, कोषाध्यक्ष बिजन लटौला, सदस्य जिसन शर्मालगायको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*