वाग्मती प्रदेशमा सहकारी दिवस भब्य रुपमा मनाईने

बाइलाइन नेपाल
८ चैत्र २०७८, मंगलवार १६:५७

हेटौंडा । वाग्मती प्रदेशमा मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ ६५ औं सहकारी दिवस विभिन्न कार्यक्रम गरि रुपमा मनाईने भएको छ ।

वाग्मती प्रदेशस्तरमा सहकारी दिवस मनाउनको लागि राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल आयोजक समिति गठन भएको छ । समितिको सहसंयोजकमा वाग्मती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे र सदस्य सचिवमा वाग्मती प्रदेश सहकारी महाशाखाका कानुन अधिकृत प्रकाश चापागाई रहेका छन् ।

वाग्मती प्रदेशको राजधानी हेटौंडामा मूल कार्यक्रम हुनेछ भने प्रदेशका सबै जिल्ला र पालिका तहमा विविध कार्यक्रम सहित सहकारी दिवस मनाईने संयोजक देवकोटाले जानकारी दिए ।

सहकारी दिवसको अवसरमा मूल आयोजक समितिले वाग्मती प्रदेशको राजधानी हेटौंडामा रक्तदान कार्यक्रम, हेटौंडा अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल बितरण कार्यक्रम तय भएको देवकोटाले बताए ।

यस्तै चैत्र २० गते भुटनदेबी बिद्यालयको चौरबाट र्‍याली सुरु गरी रोयल पार्टी प्यालेसमा प्रवचन, सम्मान तथा पुरस्कार सहित समापन गर्ने कार्यक्रम तय भएको संयोजक देवकोटाले जानकारी दिए । उनले सहकारी दिवसको दिन चैत्र २० गते साँझ प्रदेश भरका सहकारीहरुले दिपावली गर्न समेत अनुरोध गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*