वशंगोपाल उमाविमा अखिल क्रान्तिकारीको कमिटी निर्माण

बाइलाइन नेपाल
८ चैत्र २०७८, मंगलवार ११:१७

हेटौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) हेटौंडा उपमहानगर कमिटीले बिद्यार्थी जागरण अभियानलाई तीब्रता दिएको छ । अभियान अन्र्तगत नगर भित्र रहेका विद्यालयमा अखिल क्रान्तिकारीले गठन विस्तार थालेको हो ।

नगर कमिटीले अभियान अन्र्तगत आज हेटौंडा उपमहानगरपालिका–६ वशंगोपाल उच्चमाध्यमिक विद्यालयमा संगठन विस्तार गरिएको छ । विद्यालयको डिप्लोमा इन सिभिल एण्ड जियोमेटिक्स इन्जिनियरिङको पहिलो वर्ष र डिप्लोमा इन सिभिल इन्जिनियरिङको चौथो वर्षमा संगठन विस्तार गरिएको हो ।

पहिलो वर्षमा लोकराज धितालको अध्यक्षतामा २६ सदस्यीय कमिटी गठन गरिएको छ । यस्तै चौथो वर्षमा जेनिश कार्कीको अध्यक्षतमा २६ सदस्यीय कमिटी गठन गरिएको हो । दुवै संगठनका अध्यक्षसहित सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिले टिका लगाएर बधाई दिएका थिए ।

जिसन शर्माको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अखिल क्रान्तिकारीका नगर अध्यक्ष झलक छत्कुली रहेका थिए । कार्यक्रममा बाईसिएल हेटौंडा नगरपालिका–५ का उपाध्यक्ष नारायण राई, अखिल क्रान्तिकारीका नगर सचिव शक्ति न्यौपाने, नगर सहसचिव सदीम श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*