त्रिभुवन उमाविमा अखिल क्रान्तिकारीको कमिटी गठन

बाइलाइन नेपाल
६ चैत्र २०७८, आईतवार २१:२५

हेटौंडा । हेटौंडा–११ मा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को इकाई कमिटी गठन गरिएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी हेटौंडा उपमहानगर कमिटीले विद्यालयमा प्लसटु इकाई कमिटी गठन गरेको हो ।

अखिल क्रान्तिकारी हेटौंडा उपमहानगर कमिटीले जागरण अभियान अन्र्तगत आज भएको विद्यार्थीको भेलाले नविन तिमल्सिनाको नेतृत्वमा ५१ सदस्यीय कमिटी गठन गरेको छ ।

विद्यार्थी संगठनको नगर फ्याक्सन इन्चार्ज दिनेश सुवेदीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सहसचिव झलक छत्कुली, जिल्ला सचिवालय सदस्य शक्ति न्यौपाने, नगर कोषाध्यक्ष बिजन लटौला, नगर सहसचिव सदिम श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

नगर कमिटीले जागरण अभियान अन्र्तगत हेटौंडा उपमहानगरपालिका भित्र रहेका विद्यालयहरुमा संगठन विस्तार गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*