समस्या समाधानका लागि सात बुँदे प्रतिवद्धता

बाइलाइन नेपाल
१ चैत्र २०७८, मंगलवार १७:४५

हेटौंडा । सहकारी संस्थाहरुको सहभागितामा सहकारी क्षेत्रमा देखिएका समस्या, समाधान र अवसर बिषयक दुईदिने कार्यशाला गोष्ठी सात बुँदे प्रतिबद्धता पत्र घोषणासहित सम्पन्न भएको छ ।

वाग्मती प्रदेशको राजधानी हेटौंडामा सोमबार र मंगलबार सम्पन्न गोष्ठीले वर्तमान अवस्थामा सहकारीमा आएको समस्याहरुको समाधान गर्न र सहकारीको क्षमता विकास गर्नकालागि पहल गर्ने बिषयमा छलफल गरिएको थियो ।

गोष्ठी वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यता एवं वागमती प्रदेश सहकारी बोर्डका अध्यक्ष तथा भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलको अध्यक्षतामा गोष्ठी सञ्चालन भएको हो ।

वाग्मती प्रदेश सहकारी बोर्डको आयोजनामा भएको गोष्ठीमा बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाले प्रदेश तहका सहकारीहरुको क्षमता विकासका लागि आवश्यक नीतिगत ब्यवस्था गर्नकालागि पहल गर्ने बताए।

गोष्ठीमा भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौला, सहकारी रजिष्ट्रार नारायण ज्ञावली, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेप्सकुनका केन्द्रीय अध्यक्ष पारितोष पौडेल, वागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

गोष्ठीमा वागमती प्रदेश अन्तरगत जिल्लाका सहकारी संघका अध्यक्षहरु, बिषयगत सहकारी संघका अध्यक्षहरु, सहकारी बोर्डका सदस्यहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*