वाग्मती प्रदेशका सांसद रमेश पौड्याल कारबाहीमा

बाइलाइन नेपाल
१ चैत्र २०७८, मंगलवार १४:४७

हेटौंडा । वाग्मती प्रदेशका सांसद रमेश पौड्याल पार्टीको कारबाहीमा परेका छन् । विवेकशील साझा पार्टीले सांसद पौड्यालसहित २६ जना केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएको छ ।

मिलन पाण्डे पक्षीय प्रदेश सांसद पौड्याललगायत मूल बाटो नामक दस्तावेज ल्याउने नेताहरूलाई पार्टी अध्यक्ष रवीन्द्र मिश्रले कारबाही गर्दै जिम्मेवारीबाट मुक्त गरेका हुन् । यससँगै विवकेशील साझा पार्टी वाग्मती प्रदेश संसदीय दलका नेतासमेत रहेका पौड्यालको पद धरापमा परेको छ ।

लगातार चारवटा केन्द्रीय समितिका बैठकहरुमा लगातार अनुपस्थित रहेका, बारम्बार लेभीका लागि अनुरोध हुँदा पनि लेभी नबुझाएका र समानान्तर गतिविधिमा संलग्न भई पार्टीलाई गम्भीर क्षति पुर्याएको भन्दै उनीहरुलाई जिम्मेवारीबाट हटाइएको विवेकशील साझा पार्टीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*