वाग्मती प्रदेश खेलकुद : क्रिकेटमा काठमाडौं फाइनलमा

बाइलाइन नेपाल
१ चैत्र २०७८, मंगलवार ०७:५०

काठमााडैंले महिला ट्वान्टी–२० क्रिकेटमा सोमबार दोहोरो जित निकाल्दै वाग्मती प्रदेश खेलकुदको फाइनलमा स्थान बनाएको छ ।

तीन टिम सहभागी प्रतियोगितामा राउन्ड रोविन प्रणालीमा खेलाइएको छ । लिगमा दोहोरो जित निकाल्दै काठमाडौंले फाइनलमा स्थान बनाएको हो । पहिलो खेलमा काठमाडौंले भक्तपुरलाई १० विकेटले पराजित गरेको थियो । अर्को खेलमा काठमाडौंले चितवनलाई १२१ रनले हराएको थियो ।

पहिलो पहिलो खेलमा पहिले ब्याटिङ गरेको भक्तपुरले १७ ओभरमा सबै विकेट गुमाएर ४२ रन बनाएको थियो । ४३ रनकाले लक्ष्य काठमाडौंले तीन ओभरमै विना विकेट क्षति पूरा गरेको थियो ।

चितवनविरुद्ध काठमाडौंले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो । काठमाडौंकी कञ्चन श्रेष्ठले ७० रन जोडिन् । १८४ रनको लक्ष्य पछ्याएको चितवनले ६१ रन जोड्दा सबै विकेट गुमाएको थियो । काठमाडौंले अब उपाधिका लागि भक्तपुर र चितवनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

वाग्मती प्रदेश खेलकुदको पुरुष फुटबलमा रामेछाप र मकवानपुरले क्वार्टरफाइनलमा स्थान बनाएको छ । रामेछापले सिन्धुपाल्चोकलाई टाईब्रेकरमा ४–२ ले हराएको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो ।

मकवानपुरले नुवाकोटलाई ३–० ले हराएको थियो । मकवानपुरका सुदीप सापकोटाले २ तथा समिराज ठोकरले १ गोल गरे ।प्रतियोगिताको ब्याडमिन्टनमा पुरुष टिम स्पर्धामा ललितपुरले धादिङलाई ३–० तथा चितवनले सिन्धुलीलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाए ।

महिलातर्फ सिन्धुपाल्चोकले नुवाकोटलाई ३–२ तथा धादिङले ललितपुरलाई ३–१ ले हराउँदै फाइनलमा स्थान बनाए ।

पुरुष भलिबलमा रसुवाले रामेछापलाई १६–२५, २५–२०, २७–२५, चितवनले सिन्धुलीलाई २२–२५, २५–१९, २५–१४, महिलातर्फ नुवाकोटले काभ्रेलाई २५–२२, २५–१९ तथा सिन्धुपाल्चोकलले भक्तपुरलाई २५–१०, २५–१६ को स्कोरमा हराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*