पिप्लेमा रहेको एक रेष्टुरेन्टमा आगलागी

बाइलाइन नेपाल
३० फाल्गुन २०७८, सोमबार १७:४६

हेटौंडा । हेटौंडा–५ पिप्लेमा रहेको एक रेष्टुरेन्टमा आज आगलागी भएको छ । आगलागीबाट द डोर फ्यामिली रेष्टुरेन्टको अधिकांश स्थल जलेको जनाइएको छ ।

अहिले हेटौंडा उपमहानगरपाकिला कार्यालयको दमकलको सहायताले आगो नियन्त्रण गर्ने काम भइरहेको स्थानीयले जानकारी दिएका छन् । आगो नियन्त्रणमा स्थानीय र प्रहरी पनि खटिएका छन् । विद्युत सर्ट भएका कारण आगलागी भएको हुनसक्ने जनाइएको छ ।

आगलागीबाट रेष्टुरेन्टमा रहेको कटेज पूर्णरुपमा नष्ट भएको छ भने कुनै मानवीय क्षती नभएको प्रहरीले जनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*