साँढे ३ वर्ष मुख्यमन्त्री हुँदा डोरमणि पौडेलले के गरे ?: मुख्यमन्त्री पाण्डे

बाइलाइन नेपाल
२९ फाल्गुन २०७८, आईतवार १४:३७

हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण करिब ३ महिनापछि आज आइतबार बसेको बाग्मती प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले साँढे तीन वर्ष मुख्यमन्त्री भएका डोरमणि पौडेलले केही काम नगरेको आरोप लगाएका छन् ।

एमालले उठाएका प्रश्नसहित सरकारले गरेका कामको बारेमा बोल्दै मुख्यमन्त्री पाण्डेले साँढे तीन वर्ष सत्ता चलाएका पौडेलले काम नगर्दा अहिले यस्तो अवस्था आएको बताए । लामो समय सरकार चलाएका पौडेलले प्रादेशिक संरचना निर्माण नगरेकै कारण एउटै भवनमा धेरै मन्त्रालय राख्नु परेको बताए । उनले भने–‘ हामी आएपछि संरचना निर्माणका लागि जग्गाको पहिचान गरेर संघीय सरकारलाई पठाइसक्यौं । तर साँढे तीन वर्ष सत्ताको नेतृत्व गरेका डोरमणि पौडेलले के गरे ?’

साँढे तीन वर्ष र चार महिना मुख्यमन्त्रीले गर्ने काम बराबर नहुँने उल्लेख गर्दै उनले लामो समय सँगै काम गरेका कारण पूर्वमुख्यमन्त्री पौडेल र मेरो क्षमताका बिषयमा एकअर्कामा जानकार रहेको बताए ।

उनले प्रदेश सरकारको लामो समय नेतृत्व गरेकाहरुले इमान्दारितापूर्वक काम गरेको भए धेरै कुरा व्यवस्थित भइसक्ने मुख्यमन्त्री पाण्डेले बताए । आफ्नो नेतृत्वमा सरकार करिब चार महिना सरकार सञ्चालन गर्दा धेरै कामको सुरुवात गरेको उनले दाबी गरे ।

सबैको सहयोगमा सुरु गरिएको मदन भण्डारी स्वस्थ्य विज्ञान प्रतिष्ठानको नाममा कुनै जग्गा समेत नभएको उनले उल्लेख गरे । हेटौंडा अस्पताल नै प्रतिष्ठानको मातहतमा बस्न अनिच्छुक रहेको अवस्थामा अघिल्लो सरकारले पुर्याएको आरोप लगाए । तर आफुले नेतृत्व गरेपछि प्रतिष्ठानका लागि साँढे १२ बिगाह जग्गा पहिचान गरेर संघीय सरकारमा स्विकृतिका लागि पठाइएको बताए ।

मन्त्रालय थप्ने काम सहमतिमै भएको उल्लेख गर्दै यसले फजुल खर्च नबढ्ने दाबी उनले गरे । तर जनतालाई सेवा दिँदा खर्च हुनु सामान्य भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*