बस्तिपुर जेसीजको स्थापना दिवसमा विद्यार्थीलाई स्टेशनरी

बाइलाइन नेपाल
२७ फाल्गुन २०७८, शुक्रबार १८:५८

हेटौंडा । मकवानपुरमा क्रियाशिल रहेको सामाजिक संस्था बस्तिपुर जेसीजले आफ्नो स्थापना दिवसको अवसरमा विद्यार्थीलाई स्टेशनरी र खेलकुदको सामान प्रदान गरेको छ ।

जेसीजले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा हेटौंडा–१९ मा रहेको नेपाल–जापान मैत्री जनहित प्राथमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई स्टेशनरी र खेलकुदको सामान प्रदान गरेको हो ।

जेसीजले विद्यालयमा अध्ययनरत् ७५ जना विद्यार्थीलाई सामाग्री प्रदान गरिएको थियो । सोही कार्यक्रमम केक समेत काटेर जेसीजले स्थापना दिवस मनाएको थियो । कक्षा तीनसम्म पढाई हुने उक्त विद्यालयमा अधिकांश चेपाङ र तामाङ समुदायका बालबालिका अध्ययन गर्ने गर्दछन् । अघिल्ला वर्षमा पनि जेसीजले स्थापना दिवसको अवसरमा सामाजिक काम गर्दै आएको थियो ।

बस्तिपुर जेसीज वर्ष २०२२ का अध्यक्ष तेजप्रसाद उप्रेती (रमेश) सभाध्यक्षता तथा बस्तिपुर जेसीजको मातृशाखा हेटौंडा जेसीज वर्ष २०२२ का अध्यक्ष पवन कशांकारको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि कंशाकारले आगामी दिनमा यस्तै रचनात्मक काम गर्दै जेसीजको आस्था र भिजन अनुरुप काम गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा बसामाडी जेसीजका पूर्व अध्यक्ष, जेसीजका सल्लाहाकार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, नेपाल रेडक्रस सोसाईटी बसामाडी उपशाखाका सभापतिलगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

विद्यार्थीलाई स्टेशनरी र खेलकुद सामाग्री प्रदान गरि स्थापना दिवस मनाउने कार्यक्रमको संयोजक सन्दीप पाठक रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*