अब मकवानपुरका महिला पत्रकारलाई सेनेटरी प्याड

बाइलाइन नेपाल
२४ फाल्गुन २०७८, मंगलवार १८:१२

हेटौंडा । सञ्चारिका समूह नेपाल मकवानपुरले महिला पत्रकारहरुका लागि सेनेटरी प्याड वितरण शुभारम्भ गरेको छ । ११२औं नारी दिवसको अवसरमा सञ्चारिका समूह मकवानपुरले मंगलबार पत्रकार महिलाहरुबीच मैत्रीपूर्ण फुटसल खेलको आयोजना गर्दै प्याड वितरण कार्यक्रमको शुभारम्भ गरेको हो ।

सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सम्झना रिजालको अध्यक्षता तथा हेटौंडा उपमहानगरका उपमेयर मीनाकुमारी लामाको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो । उपमेयर लामाले महिलाहरुको नेतृत्व र शसक्तिकरणका लागि राजनीतिक दलहरुले नै अग्रसरता देखाउनु पर्ने बताइन् ।

उनले दलहरुले अहिले महिला नेतृत्वलाई अघि आउने अवसर नै नदिएको भन्दै संविधानमा नै व्यवस्था भएको ३३ प्रतिशत महिला सहभागिता नै सुनिश्चित नभएको बताइन् । उनले महिला पत्रकारहरुले सुरु गरेको प्याड वितरण कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् ।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारी, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाललगायतको उपस्थिति रहेको थियो । सेनेटरी प्याड वितरण कार्यक्रम हरेक महिना सञ्चालन हुने अध्यक्ष रिजालले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*