महिला दिवसमा पत्रकार महासंघद्धारा शुभकामना आदानप्रदान

बाइलाइन नेपाल
२४ फाल्गुन २०७८, मंगलवार १८:०७

हेटौंडा । ११२ औं अन्तरर्राष्ट्रिय महिला दिवसको अवसरमा हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा दिवसको अवसरमा शुभकामना आदानप्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष नानीमैया कार्की (सम्झना) को प्रमुख अतिथ्यता तथा जिल्ला अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु, जिल्लाका पूर्व अध्यक्ष भानुभक्त आचार्य, निवर्तमान अध्यक्ष हरि हुमागाईँ, सल्लाहकार बालकृष्ण अधिकारीलगायत मकवानपुरका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*