कांग्रेस मकवानपुरमा नयाँ नेतृत्वका लागि आज मतदान

बाइलाइन नेपाल
१६ फाल्गुन २०७८, सोमबार ०८:५२

हेटौंडा । कांग्रेस मकवानपुरको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । मतदान अहिले ९ बजेबाट सुरु हुने जनाइएको छ ।

बिहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म हेटौंडा–१ मा रहेको डल्फीन चौरमा मतदान हुने जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले बताए । कांग्रेस मकवानपुरको आगामी नेतृत्वका लागि सभापतिमा आनन्दराम पराजुली, बुद्ध लामा र जयराम लामिछानेको प्यानल चुनावी मैदानमा रहेका छन् ।

मतदान प्रकृयामा जिल्लाभरबाट निर्वाचित भएका १८५३ जना क्षेत्रीय प्रतिनिधिहरु ( बुथ प्रतिनिधिलले) भोट खसाल्ने छन् । पराजुलीलाई कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, लामालाई ईन्द्र बहादुर बानियाँ र लामिछानेलाई शेखर कोइराला टिमको समर्थन रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*