सहमति नजुटेपछि लामा, पराजुली र लामिछानेको उम्मेदवारी

बाइलाइन नेपाल
१५ फाल्गुन २०७८, आईतवार १५:३६

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको १४ औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनमा सहमति नजुटे पछि तीन जनाले प्यानसहित सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

सहमतिका लागि भएका प्रयासहरु विफल भएपछि यसअघि घोषणा गरे अनुरुप आनन्दराम पराजुली, बुद्ध लामा तथा जयराम लामिछानेले उम्मेदवारी दर्ता गरेका हुन् । सभापतिमा पराजुली, लामा र लामिछानेले प्यानसहित उम्मेदवारी दर्ता गराएका हुन् ।

विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन बेलुका ६ः३० बजे हुने र मतदान भने फागुन १६ गते विहान ८ बजेबाट सुरु हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*