काँग्रेस सभापतिमा आन्नदरामले दर्ता गराए उम्मेदवारी

बाइलाइन नेपाल
१५ फाल्गुन २०७८, आईतवार १३:४०

हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको सभापतिका लागि नेता आन्नदराम पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् । प्रचारप्रसार कार्यालयबाट ¥यालीसहित पुगेका पराजुलीले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

पराजुलीको प्यानलबाट जिल्ला उपसभापतिमा रमेश गिरी, भीम लामा सचिवमा यतिराज सापकोटा, मानबहादुर पाटा मगर सहसचिव मीरा स्याङ्तान र कृष्णप्रसाद दाहाल रहेका छन् ।

यसैगरी, सभापतिमा बुद्ध लामा र जयराम लामिछानेले प्यानल सहित तोकिएको समयमा उम्मेदवारीको मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले बताए। काँग्रेस मकवानपुरको नयाँ नेतृत्वको लागि आज उम्मेदवारी दर्ता र भोली मतदानको कार्यक्रम रहेको छ ।

जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीका अनुसार आज हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकीटोल लोकप्रिय होटल अगाडि विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन बेलुका ६ः३० बजे हुने र मतदान भने फागुन १६ गते विहान ८ बजेबाट सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*