साहित्य सङ्गम मकवानपुरद्वारा ७ स्रष्टालाई सम्मान

बाइलाइन नेपाल
१४ फाल्गुन २०७८, शनिबार २०:२६

हेटौंडा । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य सङ्गम मकवानपुरले आज ७ जना स्रष्टालाई एकसाथ विभिन्न सम्मान र पुरस्कार प्रदान गरेको छ । सङ्गमको २१६ औं साहित्य सन्ध्याको अवसरमा आयोजित विशेष साहित्यिक कार्यक्रममा स्रष्टाहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा साहित्य सङ्गम मकवानपुरले स्थापना गरेको मकवानपुर साहित्य श्रीबाट साहित्यकार सुवास खनाललाई प्रदान गरिएको छ । जसको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

यसैगरी सङ्गमले यसवर्ष भेषनाथ अधिकारी स्मृति पुरस्कार साहित्यकार मनोज भण्डारीलाई प्रदान गरिएको छ । साहित्यकार विशाल अधिकारी (आशुतोष) ले बुबाको नाममा स्थापना गरेको यो पुरस्कारको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । कार्यक्रममा हाल अमेरिका निवासी मकवानपुरका बासिन्दा दीपक मुडभरीले मातापिताको नाममा स्थापना गरेको सुभद्रादेवी–मदन मुडभरी स्मृति काव्य पुरस्कार साहित्यकार दीपक गौतमलाई प्रदान गरिएको थियो । जसको राशी १० हजार रहेको छ ।

यस्तै, शिक्षासेवी देवप्रसाद श्रेष्ठले आमाको नाममा स्थापना गरेको मङ्गलादेवी श्रेष्ठ स्मृति नारी पुरस्कार साहित्यकार रुकु कार्कीलाई प्रदान गरियो । जसको राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ । यसैगरी हास्यव्याङ्ग्यकार आरसी रिजालले माताको नाममा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कार बालजागृति इङ्लिस बोर्डिङ स्कुलका सुविज्ञा सुवेदीलाई प्रदान गरिएको छ । जसको राशी ५ हजार रुपौयाँ रहेको छ । यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत छात्रालाई प्रदान गरिदै आएको छ ।

यसैगरी, शेषजङ्ग स्मृति कथा पुरस्कार हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत् उषाकिरण अधिकारीलाई प्रदान गरिएको थियो । शिक्षासेवी डेडिजङ्ग शाहले छोराको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी ५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कार ९–१२ कक्षामा अध्ययनरत् विद्यार्थी बीच कथा प्रतियोगिता गराई एक जनालाई प्रदान गरिदै आएको छ ।

यस्तै साहित्यसेवी मुक्तगोविन्द वैद्यले यसवर्ष बाट स्थापना गरेको मुक्क्ति–तारा साहित्य पुरस्कार समिक्षक घनश्याम घिमिरेलाई प्रदान गरिएको छ । जसको राशी १० हजार रुपैयाँ रहेको छ । यो पुरस्कार साहित्यका विभिन्न विधामा योगदान पुर्याएका तथा क्रियाशिल साहित्यकारलाई प्रदान गरिने गरी यसैवर्षबाट स्थापना गरिएको हो ।

सङ्गमकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार तुल्सी थापा रहेका थिए । सम्मानित स्रष्टाहरुलाई प्रमुख अतिथि र पुरस्कार संस्थापकहरुले एकसाथ सम्मान पत्र र नगद राशी प्रदान गरेका थिए । कार्यक्रममा साहित्यकारहरुले रचना वाचन गरेका थिए ।

कार्यक्रममा साहित्यकार आरसी रिजालले माताको नाममा स्थापना गरेको अणकुमारी स्मृति साहित्य पुरस्कारको अक्षयकोष राशीमा वृद्धि गर्ने घोषणा गरेका छन् । उनले यसअघि माता नाममा ५० हजार राशीको अक्षयकोष स्थापना गरेका थितए । आफ्नो छोराको विवाहमा हुने फजुल खर्च जोगाएर अक्षयकोषमा ५० हजार थप गरेका हुन् । कार्यक्रममा साहित्यकार रिजालले ५० हजार राशीको चेक सङ्गमकी अध्यक्ष न्यौपानेलाई हस्तान्तरण गरेका थिए ।

यसैबीच सङ्गमले वरिष्ठ हास्यव्याङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापना गरेको भैरव अर्याल स्मृति सम्मान यसवर्ष हरिकला उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ । भैरव अर्यालको परिवारले २ लाख ५० हजार रुपैयाँको अध्यक्षकोष स्थापना गरेको सम्मानको राशी २१ हजार १ सय ११ रुपैयाँ रहेको छ । उत्त mसम्मान फागुन १९ गते भैरवको प्रतिमा स्थल पुष्पलाल स्मृति पुरस्तकालयमा विशेष कार्यक्रमको आयोजा गरेर प्रदान गरिने संङ्गमकी अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*