सभापतिका उम्मेदवार जयरामको इलाकामा छिरे आन्नदराम

बाइलाइन नेपाल
११ फाल्गुन २०७८, बुधबार २१:४२

हेटौंडा । मकवानपुरमा नेपाली काँग्रेसको नेतृत्वका लागि चुनावी माहोल तातेको छ । फागुन १५ मै जिल्ला अधिवेशन र निर्वाचन हुने निश्चित भएपछि चुनावी माहोल तातेको हो ।

सभापतिका प्रत्यासी आनन्दराम पराजुलीले मकवानपुरको उत्तरी क्षेत्रमा प्रचारप्रसारमा जोड दिएका छन् । पराजुलीको प्रतिस्पर्धीका रुपमा देखिएका संस्थापन इत्तरका जयराम लामिछानेको इलाकामा आनन्दरामले इन्ट्री गरेका छन् । पराजुली बुधबार हेटौंडा–२ स्थित काँग्रेस चोकका पदाधिकारी र सदस्यका प्रत्यासीहरु सहित २० जनाको टोली लिएर उत्तरी क्षेत्रतर्फ लागेका हुन् ।

संस्थापन इत्तर खेमाबाट सभापतिको प्रत्यासी बनेका लामिछानेको इलाका मानिने मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा पराजुलीले मत बटुल्न कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि, वडा/गाउँ/क्षेत्रका सभापतिसँग भेटघाट र प्रचारप्रसारमा जोड दिएका हुन् । संघीय क्षेत्र नम्बर २ मा पर्ने उत्तरी क्षेत्र इलाकामा २०७० को निर्वाचनमा लामिछाने काँग्रेसको तर्फबाट संविधानसभा सदस्यको उम्मेदवार बनेका थिए ।

बुधबार चुनावी प्रचारप्रसारको क्रममा लामिछानेको प्रभाव बलियो मानिने इन्द्रसरोवर गाउँपालिका र थाहा नगरपालिकाको पालुङ, दामन, टिस्टुङ क्षेत्रमा पराजुलीले कार्यकर्तामाझ मत माग्दै भेला कार्यक्रमसमेत आयोजना गरेका छन् । आफु सभापतिको दाबेदार भएका कारण जिल्लाको सबै क्षेत्रमा मत माग्दै मतदातामाझ पुग्नै पर्ने हुनाले उत्तरी क्षेत्रलाई पनि समेटेको पराजुलीले बताए ।

उत्तरी क्षेत्रका काँग्रेसका क्षेत्रीय प्रतिनिधिसँग मतसँगै आफुलाई सभापतिमा विजयी गराउन सहयोग मागेको छु ।’ उनले भने, ‘उत्तरी क्षेत्रमा काँग्रेसको संगठन विस्तार, जनतामा विकासको प्रभाव पार्नसमेत आफुले निरन्तर भूमिका निर्वाह गर्दै आएकोले सहयोग पाउनेमा विश्वस्त छु ।’

सभापतिका प्रत्यासी पराजुलीले बिहीबार बिहान थाहामा कार्यकर्ता भेला कार्यक्रम सम्पन्नपछि हेटौंडा फर्किने र फागुन १३ गते शुक्रबार आफ्नो टीमसहित उम्मेदवारी घोषणा गर्ने जानकारी दिए ।

सभापतिका अर्का उम्मेदवार जयराम पराजुली भने अहिले हेटौंडामा पार्टीका विभिन्न संगठन र पक्षसँग छलफलमा व्यस्त छन् । उनले दिनदिनै कार्यकर्तादेखि संगठनका प्रमुखसँग छलफल गरेर सुझाव लिने र आफ्ना एजेण्डा पेश गर्ने काम गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*