ईन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना हुँदा लामाको मृत्यु

बाइलाइन नेपाल
१० फाल्गुन २०७८, मंगलवार १४:००

हेटौंडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर–२ सुकौरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ। सडकबाट मोटरसाइकल ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कुलेखानी फाखेल काठमाण्डौ सडकखण्ड अन्तर्गत काठमाडौंबाट इन्द्रेसरोबर–२ कंलकी तर्फ जाँदै गरेको बा ५७ प ८५७० नम्बरको मोटरसाइकल कंलकीमा अनियन्त्रित भई दुर्घटनाग्रस्त दुर्घटना हुदाँ चालक सोही स्थान बस्ने अन्दाजी ३३ बर्षीय दोर्जे लामाको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*