कवि जेननले स्थापना गरे हजुरबुबा र हजुरआमाको स्मृतिमा पुरस्कार

बाइलाइन नेपाल
७ फाल्गुन २०७८, शनिबार २१:३३

हेटौंडा । हाल अष्ट्रेलियामा रहेका मकवानपुरे कवि जेनन नेपालले आफ्नो हजुरबुबा र हजुरआमाको सम्झनामा पुरस्कार स्थापना गरेका छन् । कवि नेपाल र उनकी जिवन संगिनी शर्मिला दुलालले साहित्य सङ्गम मकवानपुरमार्फत् प्रदान गर्ने गरी उक्त पुरस्कार स्थापना गरेका हुन् ।

उनले २०७९ सालबाट प्रदान गर्ने गरी २२ हजार दुई सय २२ रुपैयाँ नगद राशी रहने गरी पुरस्कार स्थापना गरेका छन् । उनले प्रादन गर्ने पुरस्कारको नाम ‘डम्बर–पूर्णमाया स्मृति पुरस्कार’ रहेको छ । कवि जेननले पुरस्कार स्थापना गरेको घोषणा सङ्गमकी अध्यक्ष अनिता न्यौपानले गरेकी थिइन् ।

हेटौंडामा शनिबार आयोजित तीन कविका एक्काइस कविता वाचन कार्यक्रममा कवि जेननले पुरस्कार स्थापना गरेको घोषणा गरिएको हो । कवि नेपालले घोषणा गरेको पुरस्कार राशी साहित्य सङ्गम मकवानपुरले अहिलेसम्म प्रदान गर्दै पुरस्कार राशी मध्ये धेरै राशीको भएको अध्यक्ष न्यौपानले जानकारी दिइन् । उनले अघिल्लो वर्षबाट उक्त पुरस्कार कविताका क्षेत्रमा योगदान पु¥याउँदै आएका कविलाई प्रदान गरिने बताइन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*