एमसीसीका बारेमा मकवानपुरका दलहरुको यस्तो छ धारणा

बाइलाइन नेपाल
७ फाल्गुन २०७८, शनिबार १५:१७

हेटौंडा । अहिले देशमै चर्चामा रहेको र सडकमा विरोध भइरहेको अमेरिकन सरकारको सहयोग परियोजनाका विषयमा मकवानपुरका राजनीतिक दलहरुको धारणाका विषयमा अन्तरक्रिया भएको छ । रेडियो बुलेटिनले अमेरिकी सहयोग परियोजना एमसीसीको बिषयमा मकवानपुरका दलहरुको धारणा बिषयक अन्तरक्रिया कार्यक्रम आज शनिबार गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य मदनकुमार दाहालले सत्तागठबन्धनमा आबद्ध रहेका दलहरुले संसदमा पेश गरेपछि मात्रै आफ्नो दलले यसको बिषयमा निर्णय गर्ने बताए ।

यसैगरी कार्यक्रममा आफ्नो धाराणा राख्दै नेकपा एकीकृत समाजवादी जिल्ला सचिव बिष्णु दाहालले आफ्नो दल एमसीसी हुबहु पास गर्ने कुराको बिपक्षमा रहेको बताउँदै आफ्नो दलले त्यही अनुसार निर्णय गर्ने बताए ।

कार्यक्रममा नेकपा विप्लवका केन्द्रीयय सदस्य ईन्द्रबहादुर परियार (नयन) ले एमसीसीको ईतिहास पुरा अध्ययन गर्दा र यसमा भएका प्रावधानहरुले यो राष्ट्रघाती भएको प्रष्ट हुने बताए । यसर्थ पनि यसको आफुहरुले बिरोध गरेको र जनता पनि यसको विपक्षमा रहेको उल्लेख गरे ।

क्रान्तिकारी माओवादी बैद्यका जिल्ला सेक्रेटरी पारस नेपाली,उन्नत लोकतन्त्र पाट्रीका जिल्ला संयोजक अयोध्याकुमार भट्टराई, नेकपा मालेका जिल्ला उपसचिव हरिकृष्ण अधिकारी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी जिल्ला सचिव यदुकुमार विक, राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय समन्वय समिति सदस्य रामहरि धिताललगायतको उपस्थिति रहेको थियो ।

देशभरी एमसीसी परियोजनकाको समर्थन र विरोधमा आन्दोलन भईरहेको पछिल्लो समयमा मकवानपुरका जनताले पनि यो बिषयमा आफ्ना नेताहरुको स्पष्ट धारणा सुन्न पाउनु पर्ने भएकाले रेडियोले कार्यक्रमको आयोजना गरेको प्रबन्ध निर्देशक अनिल कुमार खातीले बताए । रेडियो बुलेटिनको सभाहलमा आयोजनामा भएको कार्यक्रमको सहजीकरण मसान उपासकले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*