समाजवादी प्रेस संगठन मकवानपुरको अध्यक्षमा शिव चौलागाईं

बाइलाइन नेपाल
२९ माघ २०७८, शनिबार ११:३०

हेटौंडा । नेकपा एकीकृत समाजवादी पार्टी निकट सञ्चारकर्मीहरुको संगठन समाजवादी प्रेस संगठन नेपाल मकवानपुरको गठन भएको छ । पत्रकार शिव चौलागाईंको अध्यक्षतामा मकवानपुरमा संगठन विस्तार गरिएको हो ।

शनिबार हेटौंडामा भएको संगठनको प्रथम भेलाले चौलागाइंको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समितिमा उपाध्यक्ष गोविन्द न्यौपाने, मञ्जु पुडासैनी र सचिवमा पुष्कर गोलेलाई चयन गरेको छ । समिति सहसचिव विकल्प चौलागाईं, कोषाध्यक्ष राजु बस्नेत तथा सदस्यहरुमा शंकर लामा, शुक्र अतित, सिर्जना सत्याल, स्वस्तिका राई, श्रीकृष्ण पुडासैनी, पवन चेपाङ र गीता बानियाँ रहेका छन् ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने, पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेल, संगठनका केन्द्रीय उपाध्यक्ष विश्वमणि सुवेदी, केन्द्रीय उपमहासचिव एलन, केन्द्रीय सदस्य शिवकुमार काशी, केन्द्रीय सदस्य तथा वाग्मती सहइन्चार्ज राजन दाहालले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*