मकवानपुरमा कोरोना संक्रमितको संख्या ८३ जना मात्र

बाइलाइन नेपाल
२६ माघ २०७८, बुधबार १६:२७
फाइल तस्वीर

हेटौंडा । मकवानपुरमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या दिनदिनै घट्दै गइरहेको छ । स्वास्थ्य कार्यालय मकवानपुरले आज जारी गरेको तथ्याङ्क अनुसार मकवानपुरमा हाल सक्रिय संक्रमितको संख्या ८३ मा झरेको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार देनिक रुपमा मकवानपुरमा सक्रिय संक्रमितको संख्या घट्दै गइरहेको छ । मकवानपुरमा रहेका सक्रिय संक्रमित मध्ये ५ जना संस्थागत आइसोलेसनमा र ७८ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै विगत २४ घण्टाको अवधिमा मकवानपुरमा ८ जनालाई मात्र कोरोना संक्रमणको पुष्टि भएको कार्यालयले जनाएको छ । जसमा २२ जनाको पीसीआर परीक्षण गर्दा ५ जना र २४ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*