राप्रपा परित्याग गरेको कमल थापाको घोषणा (पत्रसहित)

बाइलाइन नेपाल
२५ माघ २०७८, मंगलवार १४:०४

हेटौंडा । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । गृह नगर हेटौंडा आइपुगेका नेता थापाले आज पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा थापाले भने, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’

‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीति पार्टीको भित्रै बिताउने र पार्टी मै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’, उनले पत्रकार सम्मेलनमा भने ।

उनले आफ्नो राजनीति जीवनको करिब ३१ वर्ष राप्रपामा विताएका बताए । उनले नयाँ दल खोल्ने विषयमा आन्तरिक छलफलको क्रममै रहेको जानकारी दिए ।

थापाले मंगलबार नै एक विज्ञप्ति जारी गरी पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको बताएका छन् ।

गत मंसिरमा भएको पार्टी महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको दावी गरेका थिए र त्यसको छानबिन गर्न माग गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*