राक्सिराङ र कैलाशको ५० विगाहमा लगाइएको गाँजा र अफिम प्रहरीद्वारा नष्ट

बाइलाइन नेपाल
२३ माघ २०७८, आईतवार २०:३४

हेटौंडा । मकवानपुरका विभिन्न स्थानमा लगाईका लागूऔषध गाँजा, अफिम फडानीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले निरन्तरता दिएको छ । अवैध लागूऔषध गाँजा र अफिम उत्पादन तथा खेती नियन्त्रण कार्यक्रम अन्र्तगत प्रहरीले जिल्लाका विभिन्न स्थानमा लगाईको करिब ५० बिगाहाको खेती नष्ट गरिरहेको छ ।

प्रहरीले माघ २१ गते देखि२३ गते सम्म जिल्लाका विभिन्न पालिकामा लगाईको गाँजा २९ बिगाह १० कठ्ठा र अफिम २१ बिगाह नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै सोही समयमा २ सय किलो सुकाई राखेको गाँजा पनि नष्ट गरिएको उल्लेख छ ।

प्रहरीले उक्त लागूऔषधको खेती राक्सिराङ, कैलाश गाउँपालिकाको विभिन्न वडामा फडानी गरेको जनाएको छ । जसका लागि जनपद प्रहरीका एक सय र शसस्त्रका ३० जनाको टोली खटिएको थियो । जसमा लागूऔषध नष्ट गर्न लागूऔषध ब्यूरो कोटेश्वर, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौडा, र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीलाई प्रहरी निरीक्षक सुमन बाँनिया र प्रहरी निरीक्षक कविर प्रधानले कमाण्ड गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*