सिमाचोकमा चिया बेच्ने जेठा दाईको दुर्घटनामा निधन

बाइलाइन नेपाल
२३ माघ २०७८, आईतवार १७:४०

हेटौंडा । वर्षै देखि हेटौंडाको सिमाचोकमा चिया बेच्दै आएका बुद्धिबहादुर श्रेष्ठ (जेठा दाई ) को निधन भएको छ । जेठा दाईको नामबाट चर्चित उनको आज भएको सवारी दुर्घटनामा निधन भएको हो ।

मनहरीबाट हेटौंडा आउँदै गर्दा नेवारपानीमा ग्याँस बुलेटको ठक्करबाट उनको निधन भएको प्रहरीले जनाएको छ ।

एनएल ०१ एन २९९९ नम्बरको भारतीय ग्यास बुलेटले जेठा दाई सवार ०३–०००२ प ६८८० नम्बरको स्कुटरलाई ठक्कर दिंदा निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

बुलेटको ठक्करबाट धाईते भएका उनलाई चुरेहिल अस्पताल ल्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको उनले बताए । स्कुटरलाई ठक्कर दिने ग्यास बुलेटका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दासले बताए ।

हेटौडा सिमाचोकमा बर्षौंदेखि चिया पसल सञ्चालन गरेर उनले हेटौडा–१० मा घर निर्माण गरेका थिए । चियाका लागि जेठा दाईको चिया पसल हेटौंडामा चर्चित थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*