पुस्तकालयमा सरस्वती पूजा र पुस्तक दिवस मनाईंयो

बाइलाइन नेपाल
२३ माघ २०७८, आईतवार १७:१९

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ मा रहेको पुष्पलाल स्मृति पुस्तकालयको आयोजनामा आज वसन्त पञ्चमी (सरस्वती पूजा) तथा ९ औं पुस्तक दिवस मनाइएको छ ।

साहित्य सङ्गम मकवानपुर र हेटौंडा उपमहानगरपालिका कार्यालयको साझेदारीमा सञ्चालित पुस्तकालयले वसन्त पञ्चमी तथा पुस्तक दिवसको अवसरमा ‘ पठन संस्कृतिको विकास गरौं’ भन्ने विषयमा विमर्श तथा रचना वाचन कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका काार्यलयका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा समिक्षक घनश्याम घिमिरे, सर्जक सञ्जालका अध्यक्ष निमेष निखिल, झरना साहित्य परिवारका अध्यक्ष दीपक गौतम, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, साहित्यकार श्यामकुमार बानियाँ, रमेशमोहन अधिकारी, सुदर्शन अधिकारी, ह्यग्रिव आचार्य, शान्तिप्रिय वन्दना, नवसर्जक चौतारीकी केन्द्रीय उपाध्यक्ष उषाकिरण अधिकारी, देवराज खरेल,साहित्यसेवी मुक्ती गोविन्द वैद्य, पत्रकार सुरेश श्रेष्ठले पठन संस्कृति बारेमा आआफ्नो विचार राख्दै रचना वाचन गरेका थिए ।

कार्यक्रममा अनिल कोइराला, इलिसा पराजुली, प्रतिक्षा गुरुङ, रियाज कार्की, स्वस्तिका दाहाल, स्व्स्तिका बानियाँ, उज्वल बराल,समर्पण न्यौपानेलगायतले रचना वाचन गरेका थिए । पुस्तकालयमा वसन्त पञ्चमीको अवसरमा सरस्वतीको पुज गरेर प्रसाद वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण पुस्तकालय प्रमुख डिबी बर्तौलाले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*