मकवानपुरमा कोरोना संक्रमणदर ओरालो लाग्दै

बाइलाइन नेपाल
२३ माघ २०७८, आईतवार १६:४७

हेटौंडा । मकवानपुरमा कोरोना संक्रमणदर निरन्तर ओरालो लागेको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरले आज जारी गरेको तथ्याङ्क अनुसार मकवानपुरमा हाल सक्रिय संक्रमितको संख्या १३३ जना रहेका छन् । माघ २१ गते शुक्रबार कार्यालयले जारी गरेको तथ्याङ्कमा १७५ जना सक्रिय संक्रमित रहेका थिए ।

मकवानपुरमा रहेका सक्रिय संक्रमित मध्ये ८ जना संस्थागत आइसोलेसनमा र १२५ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै विगत २४ घण्टाको अवधिमा मकवानपुरमा १३ जनालाई मात्र कोरोना संक्रमणको पुष्टि भएको कार्यालयले जनाएको छ । जसमा ३९ जनाको पीसीआर परीक्षण गर्दा १० जना र २३ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*