छतिवनकी खत्री लागूऔषधसहित प्रहरीको फन्दामा

बाइलाइन नेपाल
२२ माघ २०७८, शनिबार १४:४२

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित मकवानपुरको छतिवनकी एकजना महिललाई पक्राउ गरेको छ । प्रहरीले बकैया गाउँपालिका–४ छतिवन घर भई हेटौंडा उपमहानगरपालका–११ बस्तीपुरमा डेरा गरी बस्‍दै आएका २९ वर्षीया नानीमाया खत्रीलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा–११ बस्तीपुरमा रहेको उनको डेराबाट ७९८ एम्पुल लागूऔषधसहित खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

प्रहरीले उनको कोठाबाट लागू औषध २८० एम्पुल डाइजेपाम, २६८ एम्पुल फेनार्गन र २५० एम्पुल नुफिन गरी ७९८ एम्पुल लागू औषध बरामद गरेको दासले जानकारी दिए ।घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । उक्त लागूऔषध डेरामा लुकाई राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*