तुलसी मेहरमा अब अन्तर्राष्ट्रियस्तरको मन्टेश्वरी

बाइलाइन नेपाल
२१ माघ २०७८, शुक्रबार १७:१५

हेटौंडा । हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर रोडमा रहेको तुलसी मेहर मेमोरियल विद्यालयले आगामी शैक्षिक सत्रबाट अन्तर्राष्ट्रियस्तरको मन्टेश्वरी कक्षा सञ्चालन गर्ने भएको छ ।

सार्क एजुकेशन नेटवर्क प्रालिद्वारा हाल सञ्चालनमा रहेको यस विद्यालयले आउँदो शैक्षिक सत्रबाट मन्टेश्वरी कक्षा सञ्चालन गर्न माघ २३ गते श्रीपञ्चमी (सरस्वती पूजा) को दिनदेखि अक्षराम्भ कार्यक्रम समेत सुरु गर्ने भएको छ । विद्यालयले सरस्वती पूजाको दिन भर्ना हुने विद्यार्थीलाई निःशुल्क भर्ना गर्ने समेत जनाएको छ ।

शुक्रबार विद्यालयमा पत्रकार सम्मेलन गर्दै प्रिन्सिपल रघुनाथ खरालले विद्यार्थीलाई उनीहरुको इच्छा अनुसार आधुनिक शैलीबाट पढाइने दावी गरे । ‘अन्य मन्टेश्वरी र हामीमा धेरै फरक रहेको छ । हामी विद्यार्थीको रुची पहिचान गरेर सोही अनुसार पढाउने छौं ।’, उनले भने ।

‘समाजमा राम्रो काम गर्ने विद्यार्थी उत्पादन गर्ने हाम्रो योजना रहेको छ ।’, विद्यालयको सीईओ लक्ष्मण बस्नेले पत्रकार सम्मेलनमा विद्यालयको भावी योजनाको विषयमा समेत जानकारी गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*