घट्यो मकवानपुरमा कोरोना संक्रमितको संख्या, आज १९ जनामा कोरोना संक्रमण पुष्टि

बाइलाइन नेपाल
२१ माघ २०७८, शुक्रबार १५:५०

हेटौंडा । मकवानपुरमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या दिनदिनै घट्दै गइरहेको छ । स्वास्थ्य कार्यालय मकवानपुरले आज जारी गरेको तथ्याङ्क अनुसार मकवानपुरमा हाल सक्रिय संक्रमितको संख्या १७५ मा झरेको छ । माघ १९ गते बुधबारसम्म सक्रिय संक्रमितको संख्या ३२१ जना थियो ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार हिजो बिहीबार मकवानपुरमा सक्रिय संक्रमितको संख्या २३७ जना रहेको थियो । आज त्यो संख्या घटेर १७५ मा पुगेको हो । मकवानपुरमा रहेका सक्रिय संक्रमित मध्ये १२ जना संस्थागत आइसोलेसनमा र १६३ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै विगत २४ घण्टाको अवधिमा मकवानपुरमा १९ जनालाई मात्र कोरोना संक्रमणको पुष्टि भएको कार्यालयले जनाएको छ । जसमा २९ जनाको पीसीआर परीक्षण गर्दा १५ जना र ३२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*