एमसीसीको विरोधमा हेटौंडाको सडकमा उत्रिए युवाहरु

बाइलाइन नेपाल
२० माघ २०७८, बिहीबार १८:४२

हेटौंडा । एमसीसीको बिरोधमा नेकपा माओवादी केन्द्र सम्बद्ध वाइसिएल नेपाल र नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल मकवानपुरले आज हेटौंडामा बिरोध प्रर्दशन गरेको छ ।

‘देश बेच्न पाइदैन, एमसीसी चाहिदैन । सम्पूर्ण नेपाली एक हौं, राष्ट्रघाती एमसीसीको विरोध गरौं’ लगायतका नारा लगाउँदै युवाहरुले बिरोध गरेको हो ।
हेटौंडाको बुद्धचोकमा प्लेकार्ड र कालो व्यानर सहित मुखमा कालो पट्टी र हातमा फलामको साङ्लोमा बाँधेर संकेतिक बिरोध गरिएको थियो । सीमा चोकबाट बुद्ध चोकसम्म ¥याली निकालिएको थियो ।

विरोध कार्यक्रममा वाइसीएल नेपाल बागमती प्रदेश कमिटिका सह–संयोजक सुमन पाख्रिन, मकवानपुर इन्चार्ज राजकुमार मोक्तान, मकवानपुर संयोजक लवराज ठकुरी, हेटौंडा उपमहानगरपालिका संयोजक सानु लामा, नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ नेपाल मकवानपुर उपाध्यक्ष सफल तिमल्सिना लगायतका युवाहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*