मकवानपुरमा आज ३४ जनालाई कोरोना

बाइलाइन नेपाल
२० माघ २०७८, बिहीबार १५:००

हेटौंडा । मकवानपुरमा बितेको २४ घण्टामा ३४ जनामा कोरोना संक्रण भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार पीसीआर परीक्षण गर्दा २४ जना र एन्टीजेन परीक्षणबाट १० जनामा कोरोना संक्रमण देखा परेको उल्लेख छ ।

कार्यालयका अनुसार ४० जनाको पीसीआर परीक्षण गर्दा परीक्षण गर्दा २४ जनामा र ४३ जनाको एन्टीजेन परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

मकवानपुरमा हालसम्म २३७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २२६ जना होमआइसोलेसनमा र ११ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*